नवलपरासीको रामग्राम- १२ शान्तीचौरमा कार दुर्घटना


नवलपरासी, भदौ १२ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका- १२ शान्तीचौरमा कार दुर्घटना भएको छ ।
सोमबार राती ८:५० बजेतिर परासी-भुमही सडक खण्डमा भुमहीबाट परासीतर्फ आउँदै गरेको बा १९ च ४३८५ नम्बरको कार आफै अनियन्त्रित भई बाटोको बिचमा राखेको डिभाडरमा ठोक्किन गई पल्टिएको प्रहरीले जनाएको छ ।
कारमा चालकसहित चार जना सवार रहेका थिए । कार चालक नवलपरासीको सुनवल नगरपालिका- ११ केरवानी बस्ने अन्दाजी ४५ वर्षका यज्ञ प्रसाद चौधरी, धादिङको निलकण्ठ नगरपालिका- १ झुसेलि बस्ने अन्दाजी २५ वर्षका टिकाराम गुरुङ, सोही ठाउँका अन्दाजी ३२ वर्षीय डिल माया तामाङ र उनकी १० महिने अहाना तामाङ सवार रहेका थिए ।
चालक चौधरीको दाहिने हातमा र गुरुङको गालामा चोट लागेको छ । तामाङ र उनकी छोरीको अहानाको भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
उनीहरुको हिजो राती नै उपचारपश्चात् डिस्चार्ज भएका छन् । कार के कति कारणले दुर्घटना भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको सूचना अधिकारी पाण्डेयले बताए ।























