राजनीति, लुम्बिनी प्रदेश

सांसद चौधरीको पहलमा प्रतापपुर गाउँपालिकाको नयाँ भवन बन्दै(भिडियोसहित)

नवलपुर टुडे
२०८० भदौ १० | मध्यान्ह ०५:०५ बजे

नवलपरासी, भदौ १० । नवलपरासी पश्चिम क्षेत्र नम्बर – १ का सांसद विनोद चौधरीको विशेष पहलमा प्रतापपुर गाउँपालिकाको मुख्य प्रशासकीय भवन निर्माणका लागि सरकारले जग्गा उपयोग गर्न स्विकृती दिएको छ । यो निर्णयसँगै प्रतापपुर गाउँपालिकाको छुट्टै भवन निर्माण भई सेवाग्राहीलाई सहज हुने भएको छ ।  

हाल पश्चिम नवलपरासीको विभिन्न गाउँपालिकाहरुले पुराना साविकको गाविस भवन अथवा भाडाको भवनमा पालिका संचालन गर्दै आएका छन् । नयाँ भवन निर्माणका लागि गाउँपालिकाका प्रमुख उमेश यादव र स्थानीय जनप्रतिनिधीहरूले पहल गर्दै आएका थिए । नवलपरासी (ब.सु.प.) को प्रतापपुर हेल्थपोस्टको नाममा रहेको जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय भएको हो । यस निर्णयले स्थानीयवासी खुसी भएका छन् ।

यस निर्णयका लागि सांसद चौधरीले सरकारसमक्ष विशेष भुभिका निर्वाह गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रका सबै पालिकालाई व्यवस्थित गर्ने योजना अनुसार उनले यो पहल गरेका थिए । सांसद चौधरीले स्थानीय नागरिकलाई विना झन्झट स्थानीय निकायबाट सेवा पाउँने वातावरण बनाउन पालिकाहरुलाई आग्रह गर्नुका साथै नागरिकले पाउँने सेवाको अनुगमनको व्यवस्था मिलाएका छन् । सांसद चौधरीले यस निर्णयका लागि नेपाल सरकार र सम्वन्धित मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

सांसद चौधरीका अनुसार सबैको प्रयासबाट गाउँपालिकाको भवन निर्माण अगाडि बढ्नेछ । उनले विकासका लागि सबैले हातेमालो गरी सो कार्यमा आफू पनि एक जिम्मेवार जनप्रतिनिधिको रुपमा लागी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

भिडियो:

कमेन्टहरु