अर्थ, लुम्बिनी प्रदेश

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीद्वारा चौ-वर्षीय राजस्व दाखिला विवरण सार्वजनिक

नवलपुर टुडे
२०८० भदौ १० | मध्यान्ह ०१:०५ बजे
सांकेतिक तस्बिर ।

नवलपरासी, भदौ १० । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले चौ-वर्षीय राजस्व दाखिला विवरण प्रस्तुत गरेको छ । विवरणमा विगतका आर्थिक वर्षको तुलनामा राजस्व दाखिला रकम आक्रामक रुपले वृद्धि हुँदै गएको देखिन्छ ।

विवरण अनुसार आर्थिक वर्ष ०७७/०७८ मा अवैध भन्सार छली मालसामान बरामद राजस्व ६,८७,५९,३८९ रुपैयाँ, अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीबाट २५,४२,२१२ र अवैध वन पैदावर बरामद राजस्व २,७३,८४८ रुपैयाँ गरी कुल ७,१५,७५,४४९ रुपैयाँ राजस्व दाखिला भएको छ ।

यस्तै आर्थिक वर्ष ०७८/०७९ मा अवैध भन्सार छली मालसामान बरामद राजस्व ६,२०,०६,७८६ रुपैयाँ, अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीबाट १५,४३,४३७ रुपैयाँ, स्रोत नखुलेको रकम बरामद राजस्व ३५,९०००० रुपैयाँ, अवैध वन पैदावर बरामद राजस्व १७,५६,८१३ रुपैयाँँ र जडिबुटी बरामद राजस्व ६,७५,५०० रुपैयाँ गरी कुल ६,९५,७२,५३६ रुपैयाँ राजस्व दाखिला भएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी आर्थिक वर्ष ०८९/०८० मा अवैध भन्सार छली मालसामान बरामद राजस्व ९,२८,५१,९६६ रुपैयाँ, अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीबाट २५,७७,४१० रुपैयाँ, अवैध वन पैदावर बरामद राजस्व १७,५५,०५५ रुपैयाँ र चाँदीको ३,४०००० रुपैयाँ गरी कुल ९,७५,२४,४३१ रुपैयाँ राजस्व दाखिला भएको जनाइएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०८०/०८१ मा अवैध भन्सार छली मालसामान बरामद राजस्व ३१,८६,८६० रुपैयाँ र अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीबाट ९५००० रुपैयाँ गरी ३२,८१, ८६० रुपैयाँ राजस्व दाखिला भएको छ ।

आर्थिक वर्ष ०८९/०८० मा २७ जना पक्राउ गरिएको र सवारी साधनमा मोटरसाइकल ७२ वटा, ट्रक ४ वटा, कार २ वटा, साइकल १ वटा, पिकअप १६ र ट्याक्टर ७ वटा गरी कुल १०२ वटा सवारी साधन पक्राउ गरिएको थियो । जसको मूल्य ९,२८,५१,९६६ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।

यस्तै आर्थिक वर्ष ०८०/०८१ मा ५ जना मानिस पक्राउ गरिएको र सवारी साधनमा एउटा ट्रक र पिकअप मात्रै पक्राउ गरिएको छ । जसको मूल्य ३१,८६,८६० रुपैयाँ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७९/०८० मा अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीअन्तर्गत २ वटा जेसिबी, १९ वटा टिपर, २ वटा ट्रक र १५९ वटा ट्याक्टर गरी १८२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । यसबाट २५,७७,४१० रुपैयाँ राजस्व दाखिला भएको जनाइएको छ ।

यस्तै आर्थिक वर्ष ०८०/०८१ अवैध नदिजन्य पदार्थ उत्खनन कारबाहीअन्तर्गत ८ वटा ट्याक्टर नियन्त्रणमा लिइएछ । यसबाट ९५००० रुपैयाँ राजस्व दाखिला भएको तथ्यांकमा उल्लेख छ ।

प्रस्तुत तथ्यांकअनुसार आर्थिक बर्ष ०७७/०७८, ०७८/०७९ र ०७९/०८० को तुलनामा आर्थिक बर्ष ०८०/०८१ को तथ्यांकले बिगतको बर्षको तुलनामा राजश्व संकलनको वृद्धि दर उच्च रहेको छ । यस आर्थिक बर्षको शुरूवातको तथ्यांक हेर्ने हो भने झन राजश्व संकलन उच्च रहेको प्रस्तुत तथ्यांकले देखाउछ ।

photo 2023 08 27 16 05 01

कमेन्टहरु