मधेश प्रदेश

रौतहटमा बाढीका कारण उखु किसान तथा स्थानीयहरु चिन्तित

नवलपुर टुडे
२०८० भदौ ९ | मध्यान्ह ०८:०५ बजे

दिपेशकुमार शाह
रौतहट । रौतहट जिल्लामा पर्ने लाल बकैया नदीको समस्या जिउका तिउ रहेको छ । प्रत्येक वर्ष झै यो वर्ष पनि नदीमा आएको अनियन्त्रित पानी तथा बाढीका कारण स्थानीय बासिन्दा तथा नदी क्षेत्र नजिक खेती गर्ने किसानहरु चिन्तित भएका छन् ।

नदी नजिक रहेको विभिन्न स्थानमा उखु खेती कटान, बाढीको समस्याबाट बर्षेनी यहाँका बसिन्दा, किसानहरु पीडित बन्दै आएता पनि उक्त समस्यालाई नियन्त्रण गर्न नसक्नुका कारण स्थानीय बासिन्दाहरु खेती गरेको बालीसहित आफ्नो ज्यानसमेत जोखिममा रहेको यति बेला सबैमा त्रास भएको अवस्था रहेको देखिन्छ ।

खासगरी बकैया नदीको नजिक रहेको परोहा नगरपालिका, फतुवा विजयपुर, कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका र मौलापुर नगरपालिकाका बासिन्दाहरु चिन्तित भएका छन् । उनीहरुको यो वर्षको पनि बाली नष्ट हुने भएको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कचका किसान रामगुलाम महतोले बताएका छन् । उनका अनुसार उनी करिब दुई बिघा खेतमा उखु लगाएका छन् । तर, बाढीले नष्ट गर्छन् भन्ने दर अब देखा परेको बताए ।

यस्तै सोही गाउँ बासिन्दा बिर्जु साह भन्छन् हामी यो समस्याको सिकार सधै हुने गर्दछन । हाम्रो लागि यो कुनै नौलो विषय होईन । स्थानीय सरकार बेला बेलामा निरक्षर गर्न आउनु हुन्छ तर काम केही गर्नु हुदैनन् उनको गुनासो रहेको छ ।

यस्तै कटहरिया नगरपालिकास्थित हर्साहा लालबकैया नदीले तिस (३०) बिघा भन्दा बढीको क्षती गरेका छन। लालबैया नदीको कटानी अहिलेसम्म जारी रहेकोले किशान मौजेलाल राय यादवको २.५ बिगहामा उखु खेती कटानी गरेका किसानहरुले जनाएका छन् ।

सम्बन्धित निकायको उदाशिनताका कारण बाँध कटानमा परेको तर अहिलेसम्म मर्मत कार्य नहुँदा यसपाली पनि यस भेगका बासिन्दा सम्भावित हुने क्षतीबाट भयभित बनेका छन ।

यहाँको बकैया नदीले कटहरिया नगरपालिकाको तीनवटा वडा गतबर्ष पनि उखु कटान र बाढीबाट प्रभावित भएका थिए । सो समस्यालाई ध्यानमा राखी उक्त गाउँ सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण किसानहरुमा चिन्ता हुनु स्वभाविकै रहेको देखिन्छ ।

हाम्रो देश कृषि प्रधान देश भनेर चिनिने भएता पनि किसानका लागि केही भएको छैन । किसानहरु धेरै मेहनत गरे पछि सामान्य किसानहरुले आ-अफ्नो जीवन चलाउन उखुसहित अन्य किसिमको खेती गर्छ । लाल बकैया नदीले जग्गा समेत कटान गरेको हो । स्थानीय सरकारले सो समस्यालाई गम्भीरता पुर्ण नलिएका कारण सो समस्या प्रत्येक वर्ष हुने गरेको किसानहरुको आरोप रहेको छ ।

कमेन्टहरु