देश

रेडियो लुम्बिनीमा कार्यरत पत्रकार चौधरीको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ ५ | बिहान १०:०२ बजे

रुपन्देही । कोरोनाका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको निधन भएको छ । बुटवल धागो कारखानामा संचालित कोरोना बिशेष अस्पतालमा उनको निधन भएको हो ।

तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार शुरु गरिएका उनलाइ पछिल्लो समय कोरोना बिशेष अस्पताल लगिएको थियो । १० दिनदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनको आज बिहान ३ : १५ बजे निधन भएको अस्तालका प्रबक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

तिलोत्तमा ५ मणिग्राम निवासी ६० बर्षिय पत्रकार चौधरी २ दशकदेखि रेडियो लुम्बिनीमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमती ४ छोरी र २ छोरा छन् । उनको निधनले पत्रकार महासंघ स्तब्ध भएको अध्यक्ष रामराज पोखरेलले बताए ।

कमेन्टहरु