पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना चार जनाको मृत्यु

नवलपुर टुडे
२०७८ जेष्ठ ५ | बिहान ०९:०२ बजे

नवलपरासी । नवलपरासीको पूर्व–पश्चिम राजमार्गको बर्दघाट–दाउन्ने सडकखण्डमा बस दुर्घटना हुंदा चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरु मध्ये उद्धार गरिएका घाइतेलाई बर्दघाटस्थित चिसापानी अस्पतालमा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय बर्दघाट अनुसार काठमाण्डौबाट रुकुम जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो । बसमा कति यात्रु थिए र अन्य कति घाइते भएका छन् भन्ने एकीन जानकारी आउन सकेको छैन ।
उद्धार कार्य चलिरहेकाले बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बर्दघाट नवलपुर टुडेलाई जानकारी दिएको छ ।























