देश

सिराहाको ठटियामा औषधि बिनाको अस्पताल

जगत ठाडा मगर
२०७८ जेष्ठ ५ | बिहान ०८:०२ बजे

बिनाेद मण्डल

सिराहा । सिरहा जिल्लाको धनगढीमाई १२ बर पिपलमा रहेको हेल्थ पोस्टमा यतिबेला सामान्य सिटामोल समेत अभाव रहेको छ । अस्पतालमा यतिबेला रुघखोकी , ज्वरोको बिरामीको चाप रहेतापनि सामान्य औषधि पनि नपाएर बिरामीहरू फर्किने गरेको छ ।

IMG 20210519 080034

त्यहाँ कार्यरत सबै स्वास्थ्यकर्मी नियमित कार्यालय समयमा आउने गरेको पाएपनि बिरामीको उपचारमा कठिनाई उत्पन्न भएको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा यस अस्पताललाई कोरोना अस्पताल बनाउने समयमा स्थानिय जनप्रधिनिधिको चरम लापरवाहीका कारण यस अस्पतालमा हरेक कुराको समस्या देखिन थालेको छ ।

स्थानिय धनगढी माई १२ मा क्वारेन्टाइन नभएको अवस्था र अक्सिजनको एउटा सिलिन्डर समेत नरहेको यस अस्पतालप्रती गैरजिम्मेवारी रहेको स्थानिय सरकार प्रति जनता आक्रोसित हुन् थालेका छन् ।

स्थानिय विष्णुपुरकट्टीमा ज्वरो लागिरहने मानिसहरूको संख्या दिनानुदिन बढ्दै गएको अवस्थामा जिल्ला स्वास्थ्य कार्यालय सिरहार स्वास्थ्य शाखा धनगढीमाईले तत्काल यस हेल्थ पोस्टको लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र पूर्वाधार प्रती स्थानिय निकाय संवेदनशील नभए स्थिति भयावह हुने करीब करीब पक्का भएको छ ।

कमेन्टहरु