निशेधाज्ञाको समयमा पनि भन्सार छेत्र तस्करको अखडामा परिणत


रनजित चौरसिय
वीरगंज । नेपालकै प्रमुख प्रवेशद्धार वीरगंज भन्सार स्थित सशस्त्र प्रहरी बल (बिओपी) भन्सारको मिलोमतोमा लत्ताकपडा, हाडयेवर, व्याट्री लगायतका सामग्रीहरुको तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमणको महामारीबाट पछिल्ला केही दिन यता पर्सा जिल्ला पनि नराम्रोसँग प्रभावित भईरहेको हुँदा उक्त संक्रमणको प्रभावकारी नियन्त्रण र रोकथामका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले विगत करिब तीन सप्ताह देखि निषधाज्ञा गरेपनि पर्सा जिल्लाको वीरगंज भन्सार नाकाबाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापकरुपमा लत्ताकपडा, हाडवेयर, व्याट्री लगायतका सामानको तस्करी शुरु भएको छ ।
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल (बिओपी) वीरगंज भन्सारका प्रमुख एवम सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले लाखौं रुपैयाको सेटिङ्ग गरी विगत चार दिन देखि तस्करीको लाईन सुचारु गराएको समाचार स्रोतले जनाएको छ ।
प्रहरी निरिक्षक बमको सेटिङ्गमा तामान्ना भन्ने तस्करले रातीको समयमा ठेलामा कार्टुन भित्र व्याट्री राखी नेपालबाट भारत तर्फ तस्करी गर्ने गरेको बुझिएको छ ।
त्यसैगरी अर्का तस्कर दिपकले भारतबाट एक पल्ट लाखौ मुल्य बराबरको लत्ताकपडा, सटिङ्गसुटिङ्गको कपडा नेपाल भित्राउने गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यसैगरी निरु भन्ने तस्करको माछा, त्यस्तै हार्डवेयर, पाडा, भैसीको तस्करी प्रनी बमकै ईसारामा हुने गरेको एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
रातीको करिब १२ बजे देखि ३ बजे सम्म भन्सार कै छेउछाउमा रहेको सहायक बाटोहरुबाट तस्करी हुने गरेको समाचार स्रोतले जनाएको छ । प्रहरी निरिक्षक बमको आफन्त सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा रहेकोले कसैले केही गर्न नसक्ने हावाला दिदै आएको समाचार स्रोतले जनाएको छ ।
यस्ता बिओपी प्रमुखहरुको कारणले पूरा संगठन नै बदनाम भइरहेको हुनाले यस गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।























