मधेश प्रदेश

धरानमा गोरु खानेलाई कारबाही गर्न साधु सन्तको माग, बेवास्ता गरे आन्दोलन गर्ने चेतावनी

नवलपुर टुडे
२०८० भदौ ७ | बिहान ०६:०५ बजे

जनकपुरधाम । जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले सो माग गरेका हुन् ।

उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।केही दिनअघि कोशी प्रदेशस्थित धरानमा केही व्यक्तिहरुले गाई/गोरु काटेर सामूहिक भोजको आयोजना गरेको घटना बाहिरिएको थियो ।

जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाईरगोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।

कमेन्टहरु