लुम्बिनी प्रदेश

नवलपरासीको सुनवलमा एक पुरुषको शव फेला

जगत ठाडा मगर
२०८० भदौ ६ | मध्यान्ह ०९:०५ बजे

नवलपरासी, भदौ ६ । नवलपरासीको सुनवल नगरपालिका- १३ मगरघाट नजिकको जंगलमा एक पुरुषको शव फेला परेको छ । शव रुपन्देहीको देवदह नगरपालिका- ८ चटेरा बस्ने अन्दाजी ५५ वर्षीय ईन्द्र प्रसाद थारुको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक थारुका छोरा ३७ वर्शीय चन्द्रिका थारुले शव पहिचान गरी सनाखत गरिएको हो । उनको शव आज (बुधबार) दिउँसो स्थानीयले जंगलमा मिस्कटको थुप्रोमा फेला पारेका थिए । स्थानियले शव भेटिएको खबर प्रहरीलाई गर्ना साथ प्र.स.नि भिम बहादुर चौधरीको कमाण्डमा २ जना र ईप्रका सुनवलबाट प्र.ब.ना.नि. राजेश भट्टराईको कमाण्डमा ५ जना टोली घटनास्थलमा खटिएका थिए ।

यस्तै जि.प्र.का.नवलपरासीबाट प्र.नि. किशोर आचार्यको कमाण्डमा SOCO सहित ५ जनाको टोली घटनास्थलमा पुगेर मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल परासी पठाएको जि.प्र.का. नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार घटनाको बारेमा आवश्यक अनुसनधान भईरहेको छ । मृतक थारु हिजोदेखि नै घरबाट निस्केर हिडेको र खोजतलास गरिपाउँ भनी प्रहरी चौकी खैरेनीमा घरपरिवारले निवेदन दिएको भन्ने खुल्नमा आएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु