देश

चिर्पट प्रहारबाट भान्जाको हत्या

जगत ठाडा मगर
२०७८ जेष्ठ ४ | मध्यान्ह ०४:०२ बजे

बिनोद मण्डल
जनकपुर । चिर्पट प्रहारले एक युवकको मृत्यु भएको छ ।
कोरोना संक्रमण बढिरहेको अवस्थामा आफु जोगिने र अरूलाई जोगाउने समयमा मामाले भान्जाको हत्या गरेको छ ।

जनकपुरधामको दक्षिणी क्षेत्रमा रहेको भारतीय सीमासँग नजिक मानिएको महोत्तरीको मटिहानी नगरपालिका वडा नं ३ बर्दहामा भएको शौचालय निर्माण विवादमा मामा र भान्जा पक्ष बीच लाठी चार्ज सुरु हुँदा सोही वडा नं ३ का मोस्लीम राईनको २६ वर्षिय छोरा जाविर राइनलाई मामा मोतालीब राईनले चिर्पट प्रहार गर्दा घाईटे भएका थिए ।

स्थानियको खवरले घनस्थलमा पुगेका प्रहरीले झगडालाई साम्य पारेको थियो । घाईते जाबिरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोतरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

घटना स्थलबाट मितालिब राईन र असरफ राईनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बुझिएको छ । उनिहरु जग्गा बिबादको कारणले रिसिबी रहेको बुझिएको छ ।

कमेन्टहरु