अपराध, लुम्बिनी प्रदेश, शिक्षा

नवलपरासीको परासी क्याम्पसमा आत्महत्या न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

जगत ठाडा मगर
२०८० भदौ ६ | बिहान ०७:०५ बजे

नवलपरासी, भदौ ६ । नवलपरासीको रामग्राम नगरपालिकास्थित परासी क्याम्पसमा विद्यार्थीहरुसाँझ आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रमको अध्यक्षमा क्याम्पसका प्रमुख सुमन गोपाल आचार्य र प्रमुख अतिथिमा जिल्ला प्रहरीकार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार  आचार्य रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले नवलपरासीमा पछिल्लो समय आत्महत्याको घटना घट्दै गएको र यस्ता घटनालाई निरुसाहित गर्नको निम्ती प्रहरीले सामाज, विद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

२

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी भोजराज पाण्डेयले विद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ?, आत्महत्याबाट बच्न के कस्तो उपायहरु अवलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

प्रशिक्षणको क्रममा उहाँले नवलपरासी जिल्लामा ०७६-०७७ मा ५४ जना पूरुष र ४० जना महिला गरी ९४ जना, ०७७-०७८ मा ७४ जना पूरुष र ३९ जना महिला गरी ११३ जना, ०७८-७९ मा ७२ जना पूरुष र महिला २९ जना गरी १०१ जना तथा ०७९-०८०मा ४९ जना पूरुष र महिला ३७ जना गरी ८६ जनाले विविध कारणबश आत्महत्या गरेको तथ्याङक प्रस्तुत गर्नुभएको थियो ।

३

साथै यस आर्थिक बर्ष २०८० साउन महिनामा ५ जना पूरुष र २ जना महिला गरी ७ जनाले आत्महत्या गरेको समेत प्रहरीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख सुमन गोपाल आचार्यले सबैले सकारात्मक बिचारका साथ अगाडी बढनु पर्ने भन्दै यसले पनि आत्माहत्याको घटनामा कमी आउने कुरा बताउनु भएको थियो ।

आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रममा लिटिल एन्जल हाईस्कूलका कक्षा ११, १२ र परासी क्याम्पस बिबिएस प्रथम वर्षमा अध्यनरत अन्दाजी २०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रनानि मदन बस्यालले गर्नु भएको सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

४

कमेन्टहरु