तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीको प्रतापपुरबाट लुकाई राखेको ११० बोरा युरीया मल बरामद

नवलपुर टुडे
२०८० भदौ ६ | बिहान ०६:०५ बजे

नवलपरासी, भदौ ६ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ३ गिदहाबाट प्रहरीले लुकाई राखेको युरीया मल बरामद गरेको छ । मंगलबार साँझ प्रहरीले स्थानीय साधु चमारको फुसले छाएको कच्चि घरबाट ७० बोरा र मोतीलाल यादवको घरबाट ४० बोरा युरिया मल बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा प्रनानि गोकर्ण चौहानको कमाण्डमा खटिएको ७ जनाको टोलिले दुबै स्थानबाट क्रमश ७० र ४० बोरा गरी जम्मा ११० बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । बरामद युरिया मलको अन्दाजी मुल्य रु १,१०,००० रहेको उनले बताए ।

बरामद मल थप अनुसन्धानको लागी महेशपुर भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको युरिया:

photo 2023 08 23 06 47 48uriya 1uriya1

कमेन्टहरु