लुम्बिनी प्रदेश

सुस्ताको गुडरियास्थित गण्डक नहरमा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८० भदौ ५ | बिहान ०९:०५ बजे

नवलपरासी, भदौं ५ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- २ गुडरियास्थित भारतीय गण्डक नहरको पानीको छेउमा मृत अबस्थामा एक पुरुषको शव फेला परेको छ ।

स्थानीयले सोमबार दिउँसो प्रहरीलाई खबर गर्ना साथ ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्र.ब.ना.नि. मिठे थापा क्षेत्रीको कमाण्डमा SOCO सहित ७ जनाको टोली खटि गई घटनास्थल सुरक्षा लगायतको कार्य गरी घटनास्थको मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य भई तालुक जिल्ला प्रहरी कार्यालयबाट प्र.नि. माधब भण्डारीको कमाण्डमा थप टोली खटि अनुसन्धान गरिएका थिए ।

मृत शव भारत बिहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर ३ नं. पहाड बस्ने मिना पौलको छोरा बर्ष १९ को सुजित पौल रहेको निज मृतकको दाजु कुनाल कुमारबाट सनाखत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

हाल घटनाको बिषयमा आबस्यक अनुसनधान भैरहेको पाण्डेयले जानकारी दिए छ ।

कमेन्टहरु