बाढी/पहिरो, मौसम

आज देशभर पानी पर्ने, यी दुई प्रदेशमा धेरै भारी वर्षा हुने सम्भावना

नवलपुर टुडे
२०८० भदौ ५ | बिहान ०७:०५ बजे

काठमाडौँ ।  देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना छ भने कतिपय स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।

बुलेटिनअनुसार राति कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

कमेन्टहरु