मनोरन्जन

जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन सम्पन्न

नवलपुर टुडे
२०८० भदौ ४ | मध्यान्ह ०८:०५ बजे

काठमाडाैं । तिर्थमान महर्जनको रचनामा जित स्वया व मिसां नेपाल भाषाको म्युजिक भिडियाे छायांकन श्रावण ३१ गते बुधबार सम्पन्न भएकाे छ । नेपाल भाषाको म्युजिक भिडियाे शिव शाहीको संगीत संयोजन, निर्देशन र क्यामेरा तथा फोटोग्राफर राजेन्द्र डंगोलले छायांकन गरेकाे म्युजिक भिडियाे धार्मिक, एैतिहासिक सांस्कृतिक नगरी कीर्तिपुरकाे विभिन्न रमणिया स्थानमा छांयाकन गरेकाे छ ।

उक्त म्यूजिक भिडियाेमा शिव साही, मनिक साही र इलिसा महर्जनको स्वर रहेकाे छ भने म्युजिक भिडियाेमा नेपाल भाषाका चर्चित कलाकार अभिनय राजी किपू, राजु महर्जन, रेश्मा महर्जन सिजन शाक्य र इलिसा महर्जनको अभिनय हेर्न पाउने भएको छ । भिडियाेको कोरियोग्राफी स्वयम् कलाकार राजी किपू र मेकअप सनम कुमार श्रेष्ठ रहेको छ ।

अहिलेसम्म नेपाल भाषाकाे करिब १२ वटा म्यूजिक भिडियाेकाे गीत लेख्नु भएका एवम् साे म्यूजिक भिडियाेका रचना एवम् निर्माता तिर्थमान महर्जनले म्युजिक भिडियाे छिट्टै नै विभिन्न च्यानल मार्फत श्रोता समक्ष प्रसारण हुने जानकारी गराउनु भयाे ।

कमेन्टहरु