देश

कांग्रेसले दिउँसो साढे २ बजे संसदीय दलको बैठक बोलायो

नवलपुर टुडे
२०७८ जेष्ठ ४ | मध्यान्ह १२:०२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

कमेन्टहरु