मधेश प्रदेश

धनगढीमाई बिष्णुपुर स्वास्थ्य चौकीका अधिकृत थारु सेवाबाट निबृत हुँदा भब्य बिदाई

जगत ठाडा मगर
२०८० भदौ ३ | बिहान १०:०५ बजे

महेश सिंह
सिरहा, भदौ ३ । सिरहाको धनगढीमाई नगरपालिका बिष्णुपुर स्वास्थ्य चौकीमा कार्यरत रहेका स्वास्थ्य चौकी इन्चार्ज अमर सिंह थारुले सेवा निबृत हुँदा स्थानीय कर्मचारी स्वास्थ्यकर्मी र शिक्षकहरुले भब्य बिदाई गरेका छन् । एक औपचारिक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष जय प्रकाश ठाकुरले कामको मुल्यांकन गर्दै स्वास्थ क्षेत्रमा गरेका सराहनीय सेवा र योगदानको कदर गर्दै खादा माला र प्रशंसा पत्र दिएर बिदाई गरेका हुन् ।

२०४६ सालबाट सरकारी सेवामा प्रवेश गरेका अमर सिंह थारुले शुक्रबार सेवाबाट अवकाश प्राप्त गरेका छन् । सेवा अवधिमा कुनै किसिमको जाल झेल र कार्बाहीको भागेदार नबनी इमानदारीता पुर्वक जनताको हितमा सेवा प्रदान गरेकोले आफूले गर्भ महसुस गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष जय प्रकाश ठाकुरले भने ‘धुर्व सत्य हो सरकारी सेवामा प्रवेश गरी सक्दा एक दिन अबकास हुनुपर्छ भने कुरा हामी सबैलाई अबगत भएकै कुरा हो ।’

ठाकुरले सेवा निबृत भएका सरबाट पुनः सल्लाह सुझावको अपेक्षा गर्दै स्वास्थ्य क्षेत्रको सेवा जनतालाई प्रभावकारी होस् भन्ने कर्मचारी मित्रहरूमा अझै सल्लाह सुझावको खाचो रहेको चर्चा गर्दै लामो जिवनको सुभकामना दिदै भब्य बिदाई गरेका थिए ।

बिदाई कार्यक्रममा धनगढीमाई नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख स्थानीय स्कुलका प्र.अ.बलराम भक्त, नेकपा एमालेका नेता तथा समाजसेवी राम कुमार साह, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रदिप दाहाललगायत स्वास्थकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको स्वास्थ चौकीमा कार्यरत ममता महतोले बताए ।

उपस्थित सम्पुर्ण सहभागीले थारुलाई खादा दोसल्ला, फुलको माला र अबिरको टिका लगाएर भब्य बिदाई गरेका थिए ।

कमेन्टहरु