तस्कर, लुम्बिनी प्रदेश

बिजयनगर नाकाबाट गहुँ र चामल तस्कर शुरु

जगत ठाडा मगर
२०८० भदौ ३ | बिहान १०:०५ बजे

कपिलवस्तु । नेपाल-भारत सिमामा गँहु तस्करहरु सक्रिय हुँदा पनि सुरक्षा निकाय लगायत सम्बन्धित निकायले चासाे देखाएका छैनन् ।

बिहान ११ बजेकाे समयमा गहुँ चामलको तस्करी सुरु हुने गर्दछ । नेपालको कपिलवस्तु र भारतकाे बलरामपुर जिल्लामा केही दिनदेखि गहुँ चामलको तस्कारी व्यापक रुपमा हुँदै आएकाे छ । तस्करहरुले भारतकाे पिपरा परसुरामपुर घाट हुँदै वारिका कृष्णनगर नगरपालिका – १२ मानपुर र बारीईपुर गाउँसम्म ल्याई पुर्‍याउछन् ।

विभिन्न संचारमाध्यममा पटक पटक समाचार प्रकाशन भएपनि तस्कर नियन्त्रण गर्नुको सट्टा नेपाल प्रहरी र सशस्त्र सीमा बलका प्रहरीहरुको मिलेमतोमा तस्कर हुँदै आएको श्रोतले जनाएको छ ।

कमेन्टहरु