तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीबाट १ लाख १० हजार बराबरको अवैध चामल बरामद

जगत ठाडा मगर
२०८० भदौ ३ | बिहान ०८:०५ बजे

नवलपरासी, भदौ ३ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका – ५ धर्मौलीबाट अवैध चामल बरामद गरिएको छ ।

प्रहरी चौकी बसहियाबाट प्रहरी सहायक निरीक्षक जनार्दन यादवको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल ल्याएर लुकाई छिपाई राखेको अवस्थामा ३७ बोरा चामल बरामद गरेको हो ।

२२ क्विन्टल २० केजी रहेको चामलको मुल्य रु. १,१०,००० बराबरको रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

बरामद गरेको चामललाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने तयारी भईरहेको उनले बताए ।

कमेन्टहरु