गुल्मीको मुसिकोट नगरपालिका-१ का वडा अध्यक्ष घिमिरेले गरे आत्महत्या

नवलपुर टुडे
२०८० भदौ २ | बिहान १०:०५ बजे

गुल्मी, भदौ २ । नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिका गुल्मीका पार्टी सभापति तथा मुसिकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन घिमिरेले आत्महत्या गरेका छन् ।
उनले शनिबार बिहान सामाजिक संजाल फेसबुकमा परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ नभएको भन्दै एक स्टाटस लेखेका थिए । घिमिरेले स्टाटसमार्फत साथ निभाउन नसकेको भन्दै श्रीमती घर परिवार तथा साथिभाई सुभ चिन्तकसँग माफी मागेका छन् ।
उनले लेखेका छन् ‘परिस्थितिको चपेटामा परेपछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता; साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु । अल बिदा ।’























