बारामा दुई बालकको बीभत्स हत्या

जगत ठाडा मगर
२०७८ जेष्ठ ४ | बिहान ११:०२ बजे

बिनाेद मण्डल
बारा । बारामा दुई बालकको विभत्स हत्या भएको छ ।
कलैया नगरपालिका वडा नं ७ रंगपुर घर भएका जफार अन्सारीका दुई छोराहरू ९ वर्षिय उस्मान र ७ वर्षिय अमिनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सोही स्थानमा रहेको निर्माणाधीन मदर्शा भवनमा सब फेला परेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी गराउनु भएको छ ।
प्रहरी टोली घटास्थलतर्फ पुगिसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















