लुम्बिनी प्रदेश

बुटवलमा मिडिया सम्मेलन सुरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा उद्घाटन

नवलपुर टुडे
२०८० भदौ १ | मध्यान्ह ०८:०५ बजे

रूपन्देही । बुटवलमा शुक्रबार मिडिया सम्मेलन सुरू भएको छ । सम्मेलन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया बलियो भएमात्र सरकार बलियो हुने बताएका छन् । सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गर्दै उनले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए ।

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ । तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ’, मुख्यमन्त्री चौधरीले भने, ‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन । आलोचनात्मक लेख्नुस् । तर, कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको सम्भावना रहेको उनले दावी गरे । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृतिहरु र प्रशस्त हिल स्टेशनहरु छन्’, चौधरीले भने, ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल  गरिरहेको छ ।’

व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै उनले सञ्चारमाध्यमलाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

media conferrence butwalसम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाईंलगायतले सञ्चारमाध्यमहरुले बहुआयामिक चुनौतीहरुको सामना गरिरहेको उल्लेख गरे ।सम्मेलनले मोफसलका मिडियाहरुको सवलीकरण, पत्रकारहरुको  रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपतालगायतका विषयमा घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब २०० जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता छ ।

 

कमेन्टहरु