लुम्बिनी प्रदेश

बर्दघाटको “नेहा अक्वा“ सिल प्याक पानीको बोतलमा देखियो यस्तो हानिकारक पदार्थ (भिडियोसहित)

असिम कामु
२०८० भदौ १ | मध्यान्ह ०७:०५ बजे

नवलपरासी, भदौ १ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभरस्थित “नेहा अक्वा” मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।

पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा अक्वा“ पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएको हो । एक स्थानीयले सञ्चालन गरेको पसलबाट सिल प्याक पानीको बोतल भित्र हानिकारक पदार्थ भेटिएका हुन ।

स्थानिय सञ्चालकले पानी पिउँने खोज्दा बोतल भित्र यस्तो पदार्थ फेला परेको हो । स्थानियले भने ‘म आफैँ पानी पिउने क्रममा बोतल भित्र हानिकारक पदार्थ भेटे, उनले म्याद कायम रहेको उक्त कम्पनीका नेहा अक्वा सिल प्याक पानीका बोतलमा हानिकारक पदार्थ भेटेको हो।

सिल प्याक गरिएको पानीको बोतल भित्र हानिकारक जस्तो देखिने पदार्थ भेटिएपछि स्थानियले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरेको बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, साना तथा घरेलु उद्योग कार्यालय र अन्य सरोकारवालाहरूले निगरानी राखेर हरेक पानीको वोतलहरुमा चेकजाँच गर्नु पर्ने स्थानीयको भनाई रहेको छ ।

नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ । सिल प्याक गरिएको भाँडामा लेऊ, हानिकारक पदार्थ, किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गर्दछ । बर्दघाट नगरपालिका जिमिरेभरस्थित नेहा अक्वा नामको पानीको बोतलमा हानिकारक जस्तो देखिने पदार्थ भेटेका हो ।

स्वच्छ खानेपानीका लागि आजभोलि जार तथा मिनरल वाटर बोतल किनेर खाने प्रचलन बढ्दो छ । तर स्वच्छ पानीका लागि भनेर बढी पैसा तिरेर खाने भएपनि बेलाबेलामा यस्तो पानीमा पनि किरा, हानिकारक जस्तो देखिने पदार्थहरु भेटिएका घटनाहरु पनि धेरै पटक सञ्चार माध्यममा आएका पनि सम्बन्धित निकायले चासो देखाएको छैन।

भिडियो: “नेहा अक्वा“

कमेन्टहरु