रौतहटको मौलापुरमा शहिद स्मृति बहुउद्देश्यीय भवन उद्घाटन

नवलपुर टुडे
२०८० भदौ १ | बिहान १०:०५ बजे

दिपेश कुमार शाह
रौतहट, भदौ १ । रौतहटको मौलापुर नगरपालिकास्थित शहिद स्मृति बहुउद्देश्यीय भवन उद्धघाटन गरिएको छ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहद्वारा आज बिहान भवनको उद्घाटन गरिएको हो ।
रौतहटकै सबैभन्दा ठुलो सहिद स्मृति बहुउद्देयीय भवनको निर्माण लगत २७ करोड ५६ लाख ४६ हजार ६३७ रहेको छ । भवन निर्माण शहरी विकासको आयोजनामा हुन लागेको हो ।
सहिद स्मृति बहुउद्देश्यीय भवन मौलापुरमा कुल छेत्रफल २.५ बिगाहा जग्गामा बन्न लागेको हो । भवनमा अटैच्ड आवासीय कोठा २४ वटा, भर्याङ ४ वटा, शौचालय ५१ वटा, सभाहल १ वटा जसमा ७०० सय जना अटाउने क्षमता भएको निर्माण गर्न लागिएको हो ।
कार्यक्रममा मौलापुर नगरपालिका प्रमुख, प्रशासकीय अधिकृतसमेत उपस्थित रहेका थिए भने कार्यक्रम रामबाबु प्रसाद शाहले संचालन गरेका थिए ।























