बाढी/पहिरो

कपिलवस्तुको कृष्णनगरमा पानी परेपछि स्थानीय त्रसित

नवलपुर टुडे
२०८० साउन ३१ | मध्यान्ह ०५:०४ बजे

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, साउन ३१ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१२ बासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुने गर्दछन् । चरागाहवा नदीको नेपाल भारत बोर्डर कटानका कारण मानपुर गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् ।

नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । चरागाहवा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको छ । नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । तीन गाउँमा नदी कटान ठुलो समस्याको रूपमा देखा परेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

स्थानीयका अनुसार बाँध कटानका कारण रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । यो समस्याको समाधानका लागि ठोस योजनासहित नदी कटान व्यवस्थापनको विशेष कार्यक्रम ल्याउनुपर्ने स्थानीयको माग छ ।

कमेन्टहरु