चितवनको टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किँदा २० जना घाइते (विवरणसहित)


चितवन, साउन ३१ । पूर्व-पश्चिम राजमार्गस्थित चितवनको भरतपुर-९ स्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन् ।
भरतपुरबाट टाँडी तर्फ जाँदै गरेको ना १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।
बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७ नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेहरुको विवरण निम्नानुसार छन्:
१. चितवन खैरहनी नगरपालिका – ४ बस्ने अन्दाजी ६०/६५ वर्षीय कृष्ण बहादुर तामाङ, अवस्था गम्भिर
२. मकवानपुर हेटौडा उपमहानगर – १४ बस्ने अन्दाजी ६०/६५ वर्षीय महोन तामाङ, अवस्था गम्भिर
३. चितवन खैरहनी नगरपालिका – १ बस्ने अन्दाजी ८२ वर्षको जित बहादुर तामाङ, अवस्था गम्भिर
४. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने अन्दाजी ५०/५५ वर्षको कुसुम ब. राना, अवस्था गम्भिर
५. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने अन्दाजी ३८ वर्षीय सुरेश श्रेष्ठ, अवस्था गम्भिर
६. चितवन रत्ननगर नगरपालिका – ९ बस्ने अन्दाजी ३०/३५ वर्षीय किशोर तामाङ, अवस्था गम्भिर
७. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने अन्दाजी ५०/५५ वर्षीय डोल ब. कार्कि, अवस्था गम्भिर
८. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ४१ को पुर लामा, अवस्था मध्यम
९. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ, अवस्था मध्यम
१०. चितवन रत्ननगर नगरपालिका – १६ बस्ने बर्ष ४४ को रेशम पोख्रेल, अवस्था मध्यम
११. काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ, अवस्था मध्यम
१२. चितवन रत्ननगर नगरपालिका – १६ बस्ने बर्ष ४७ को दिल ब. घिसिङ, अवस्था मध्यम
१३. बलेरो गाडीमा सवार नवलपुर गैडाकोट नगरपालिका – ८ बस्ने बर्ष ५१ को लोकराज लामा, अवस्था मध्यम
१४. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ३३ को शंकर परियार, अवस्था सामान्य
१५. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ३६ को दिबेश शाक्य, अवस्था मध्यम
१६. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ५० को आईतराम कामि, अवस्था मध्यम
१७. चितवन रत्ननगर नगरपालिका – ३ बस्ने बर्ष ४४ को गोपाल तामाङ, अवस्था मध्यम
१८. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष २६ को पुष्प तामाङ, अवस्था मध्यम
१९. चितवन रत्ननगर नगरपालिका – १४ बस्ने बर्ष ३८ को कृष्ण लामा, अवस्था मध्यम
२०. चितवन रत्ननगर नगरपालिका – ३ बस्ने बर्ष ४५ को जिवन लामा, अवस्था मध्यम























