स्वास्थ्य

डेंगी संक्रमितको संख्या १४ हजार नजिक

नवलपुर टुडे
२०८० साउन ३१ | मध्यान्ह १२:०४ बजे

काठमाडौं,साउन ३१ । देशभर डेंगी संक्रमितको संख्या झण्डै १४ हजार पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार गत वर्षको माघ यता २९ साउनसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जेठयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिकाका नागरिक छन् । उपमहानगरको तथ्यांकअनुसार जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढ्दै जाँदा काठमाडौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाडौं, ललितपुर, संखुवासभा र दार्चुला छन् ।

यी जिल्लामा १२ हजार ३२७ संक्रमित छन्, जमसध्ये उपत्यकाका तीन जिल्लाका ३९५ जना छन् । अघिल्लो १६ दिनमा मात्रै पाँच हजार ९५४ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।

कमेन्टहरु