लुम्बिनी प्रदेश, समाज

नवलपरासीको गुठिप्रसौनीमा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०८० साउन ३० | मध्यान्ह ०९:०४ बजे

नवलपरासी, साउन ३० । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ६ गुठिप्रसौनीस्थित जनाजागृती माध्यामिक विद्यालयको सभाहलमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत अल्पसंख्यकसँग प्रहरी कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्य, सोही विद्यालयका प्रधानाध्यापक वावुराम शर्मा सुवेदी लगायत शिक्षक, शिक्षिका, स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी, समाजसेवी तथा सोही वडा कठहवा गाउँ मुसहर वस्तिका स्थानिय वासिन्दाहरु, महिला, वालवालिका तथा जेष्ठ नागरिकसमेत गरी अन्दाजी १२० जनाको सहभागितामा रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) का कार्यालय प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले अल्पसंख्यक समुदायले भोग्नु परेका समस्या, गुनासोका सम्बन्धमा सहभागिहरुसँग अन्तर्क्रिया गर्नुभएको थियो । साथै कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले सहभागिहरुलाई प्रहरी सेवा र कानुनी व्यवस्थाका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कमेन्टहरु