जंगली च्याउ खाएर बर्दघाटको आवास टोलमा ४ जना बिरामी

नवलपुर टुडे
२०८० साउन ३० | बिहान ०७:०४ बजे

नवलपरासी, साउन ३० । नवलपरासीको बर्दघाट नगरपालिका – १४ आवास टोलमा जंगली च्याउ खाएर चार जना बिमारी भएका छन् । च्याउ खाएर स्थानीय वर्मा लोहारका ३ छोरी र १ छोरा बिमारी भएका हुन् ।
वर्माका छोरीहरु बर्ष १५ की अनुपा लोहार, बर्ष ११ की आचल लोहार, बर्ष ९ की अनु लोहार र छोरा १३ वर्षीय किसन लोहार बिमारी भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
डिएसपी पाण्डेयका अनुसार उनीहरुको अहिले सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा ल्याई उपचार भईरहेको छ । उनीहरूको अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
वर्माका छोराछोरीले के कुन प्रकारको च्याउ खाएको भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।























