प्रतापपुरको सुर्यपुरास्थित दुर्गा मन्दिरको प्रतिक्षालयमा एक बृद्ध मृत फेला


नवलपरासी, साउन २९ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक पुरुष मृत फेला परेका छन् । गाउँपालिकाको वडा नं. ७ स्थित सुर्यपुरा बजारमा रहेको दुर्गा मन्दिरको प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय एक पुरुष मृत फेला परेका हुन् ।
मृतकको हालसम्म परिचय नखुलेको प्रहरीले जानकारी दिएको छ । स्थानीयले मानिस मृत फेला परेको भन्ने खबर गर्नासाथ प्रहरी चौकी गुठि प्रसौनिबाट प्रहरी सहायक निरीक्षक बिकाउ साहको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा गएका थिए ।
शवको प्रकृति हेर्दा बाहिरी घाउ चोटपटक तथा संकास्पद नदेखिएको प्रहरीले बताएका छन् । स्थानियसँग सोधपुछ गर्दा मृतक सडकमा मागेर हिड्ने भारतीय नागरिक रहेको बुझिएको छ । उनी करिब ६/७ दिन अगाडीदेखि नै मन्दिरमा बस्दै आएका थिए ।
घटनाको थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी निरीक्षक श्याम प्रकाश यादवको कमाण्डमा SOCO टोलीसहित ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।























