अपराध, मधेश प्रदेश

सिराहाबाट मोटरसाइकल चोरेर भाग्दै गरेका दुई पक्राउ

नवलपुर टुडे
२०८० साउन २९ | मध्यान्ह १२:०४ बजे

सिराहा । सिराहाको गोलबजार र दक्षिणी सीमावर्ती गाउँ खोक्सीबाट पार्किङमा राखेको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई नगरपालिका– ८ कसहा टोल बस्ने १९ वर्षीय रतनकुमार यादव र गोलबजार नगरपालिका– ४ का २० वर्षीय धीरजकुमार यादवलाई मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पछ्याउँदै औरही गाउँपालिका– ५ बाट मोटरसाइकलसहित पक्राउ गरेको हो।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार २६ साउनमा बरियारपट्टी गाउँपालिका– २ खोक्सी टोलका शम्भु साह सुडीले पार्किङ गरी राखेको  स१०प २४५९ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रतनलाई पक्राउ गरिएको हो । 

त्यस्तै, गोलबजार नगरपालिका– ४ मा २० साउनमा जगरनाथ दासले स.८ प ८२१२ नम्बरको कालो रंगको पल्सर मोटरसाइकल पार्किङ गरी किनमेल गर्न गएका वेला चोरी गरेर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट समेत खटिएको प्रहरी टोलीले औरहीबाटै धीरजलाई पनि पक्राउ गरिएको हो। मोटरसाइकलसहित पक्राउ गरिएका दुवैजनालाई चोरी मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु