देश

पाल्पा जिल्लाभर निषेधाज्ञा आदेश जारी

नवलपुर टुडे
२०७७ भदौ ४ | मध्यान्ह ०७:०५ बजे

पाल्पा । भदौं ५ गते देखि १२ भदौं सम्म पाल्पा जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको छ । कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि भदौ ५ गते राति १२ बजेदेखि भदौ १२ गते १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

118234543 1285277058469948 5216137702308214476 n e1597929909426

पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बिहीबार सो आदेश जारी गर्दै आदेशको अवज्ञा गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।

निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, अत्यावश्यक बाहेकका नियमित सेवा, बैंक तथा वित्तीय संस्था प्रवाह हुने बाह्य सेवाहरु, सामाजिक संघसंस्थाका कार्यहरु, होटल तथा रेष्टुरेन्ट, व्यूटी पार्लर, कपडा पसल, शैलुन, जिमखाना, हार्डवयर पसल, सुनचाँदी, टेलरिङ, फूटपाथ पसल, उद्योग कलकारखाना खोल्न पाइने छैन ।

यसैगरी, एम्बुलेन्स, शवबाहन, खाद्यसामग्री बाहक सवारीसाधन, औषधी बोकेको सवारीसाधन, कुखुराको चल्ला, पशुपंक्षीको दानाका बोकेको सवारीसाधन, पानी, दूध, पेट्रोल ट्यांकर, फलफूूल तथा तरकारी बोकेको सवारीसाधन, झण्डाबाहक सवारीसाधन, कूटनीतिक नियोगको सवारीसाधन चल्नेछन् ।

अत्यावश्यक सरकारी सेवाअन्तर्गत स्वास्थ्य सुरक्षा, संचार, विद्युत्, खानेपानी तथा एटीएम काउन्टर खोलेर सेवा दिनुपर्नेछ भने औषधी तथा औषधीजन्य पसल, खाद्यान्नसम्बन्धी पसल, फलफूल, तरकारी, दूध डेरी (बिहान ६ देखि १० बजेसम्म), पेट्रोल पम्प, ग्यास डिपो आदि खुल्नेछन् ।

यसअघि जिल्लाको पूर्वी रामपुर नगरपालिकाले कोरोना नियन्त्रणका लागि ‘लकडाउन’ घोषणा गरिसकेको थियो ।

कमेन्टहरु