देश

आपसी बिबादका कारण आफ्नो जग्गामा रहेको भन्दै लाखौको केरा काटेर नष्ट

जगत ठाडा मगर
२०७८ जेष्ठ ३ | बिहान १०:०२ बजे

ज्ञानेश्वर साहनी

नवलपरासी । नवलपरासीमा एकजना व्यक्तिले सावा कठ्ठा खेतमा लगाइएको केराबाली काटेर नष्ट गरिदिएका छन् । केरा लगाइएको खेत आफनो जग्गा रहेको भन्दै सावा कठ्ठामा तयार रहेको ११५ बोट केरा काटेर नष्ट गरिएका छन् ।

यो घटना पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ रतनगंजको हो । रतनगंजबासी सेराज मोमिनले ४ कठ्ठामा लगाएको केरा मध्ये डेढ कठ्ठा खेत बिस्मिल्लाह मिँयाको भागमा परेकाले बिस्मिल्लाह मिँयाले पुर्व रिसईबि राखेर उक्त क्षेत्रफलको केरा काटेर नष्ट गरिदिएका छन् । सेराज र बिस्मिल्लाह दुबै पट्टिदार हुन् ।

IMG 20210517 101548 654

केरा काटिएको क्षेत्रफलको विषयमा ति दुबै जनामा लामो समयदेखि विवाद चल्दै आएको थियो । केरा नष्ट भएको जग्गा सेराजको जोतभोगमा रहेपनि एक महिना अगाडी मात्र नापी हुँदा ४ कठ्ठा मध्ये डेढ कठ्ठा क्षेत्रफल बिस्मिल्लाहको भागको रहेको नापीले पुष्टि भयो ।

नापी हुँदाको बखत बिस्मिल्लाहको भागमा परेको जग्गामा सेराजले लगाएको केरा बोट ठुलो भईसकेकाले उक्त बाली सेराजले काटेपछि मात्र बिस्मिल्लाहले सो जग्गा जोतभोग गर्ने भनि दुबै पक्षबिच सामाजिक सम्झौता समेत भएको थियो । तर बिस्मिल्लाहले गत बैशाख ३१ गतेराती नै रिसईबि राखेर आफनो परिवार सहित उक्त क्षेत्रफलमा फल्न तयार रहेको ११५ बोट केरा काटेर ढालिदिए । केराबाली किन काटनु भयो भन्ने प्रश्नमा मेरो जग्गामा परेकाले मैले काटेको बिस्मिल्लाह मिँयाले दम्भ देखाउदै भने ।

काटिएको केराबाली करिब १ लाख रुपैयाको क्षति भएको र उक्त क्षतिपुर्ति भराउन पिडित सेराजले प्रहरी चौकी रामनगरमा निवेदन समेत दिएको जानकारी दिएका छन । यता प्रहरीले यस विषयमा थप अनुसन्धान भैरहेको र दुबै पक्षबिच छलफलको माध्यमबाट हल निकाल्ने प्रयास भैरहेको जनाएको छ । यसरी केराबाली नष्ट गरिएपछि केरा उत्पादक संघ नवलरासीको पनि ध्यानाकर्षण भएको छ ।

कमेन्टहरु