नवलपरासीमा एकै दिन एउटै वडाका ९ जना फरार प्रतिबादीहरु पक्राउ


नवलपरासी, साउन २८ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीद्वारा फरार प्रतिबादीहरु धमाधम पक्राउ गरिएको छ । सम्मानित जिल्ला अदालत परासीबाट विभिन्न मुद्दामा जरिवाना फैसला भई फरार रहेका ब्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
आइतबार इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट प्र.ना.नि. पिकल बि.क.को कमाण्डमा खटिगएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका- २ का ९ जना फरार प्रतिबादीलाई पक्राउ गरिएको हो । उनीहरु सबै जना फरक परक मुद्दामा दोषी भैइ फरार रहेका थिए । पक्राउ पर्ने सबै पाल्हिनन्दन गाउँपालिका- २ का स्थानीय बासिन्दा रहेको प्रहरीले जानकारी दिएका छन ।
पक्राउ पर्ने ९ जना प्रतिबादीहरुलाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत परासी पठाइएको जिल्ला प्रहरी नवलपरासीका सुचना अधिकारी एवंम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
पक्राउ पर्ने फरार प्रतिबादीहरुको विबरण:
कुटपिट मुद्दामा असपती देवी केवट, सनोज कुमार केवट, सोभावती देवी केवट, कुश्मावती केवट, केवली केवट, अमरनाथ केवट र सोना केवट रहेका छन । त्यसैगरी अंशबण्डा मुद्दामा राजाराम केवट र ठगनी केवट रहेका छन । पक्राउ पर्ने ९ जनाबाट रु.३५८७७/- पैतिस हजार आठ सय सतहत्तर रुपियाँ जरिवाना भुत्तानी गर्न बाँकी रहेको छ ।
| मिति २०८०।०४।२८ गते पक्राउ परेका फरार प्रतिवादीहरुको विवरण :- | |||||||||||||
| ईलाका प्रहरी कार्यालय अमानिगञ्जबाट प्र.ना.नि. पिंकल बि.क. को कमाण्डमा खटिएको | प्रहरी टोलीले पाल्हिनन्दन गा.पा. वार्ड नं २ बाट सम्मानित अदालत बाट बिभिन्न मुद्धामा जरिवाना फैसला भई फरार रहेका निम्न मानिसहरुलाई नियन्त्रणमा लिई आबस्यक जरिवाना असुलको लागि | कार्वाहीको लागि सम्मानित जिल्ला अदालत परासीमा पठाइएको । | |||||||||||
| सि.नं. | जिल्ला | मुद्दा शिर्षक | पक्राउ परेको ब्यक्तिको नाम थर | वतन | पक्राउ परेको मिति र समय | कैद /जरिवाना | कै. | ||||||
| १ | नवलपरासी | कुटपिट | असपती देवी केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ९००/- | |||||||
| २ | नवलपरासी | कुटपिट | सनोज कुमार केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ११५०/- | |||||||
| ३ | नवलपरासी | कुटपिट | सोभावती देवी केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ११५०/- | |||||||
| ४ | नवलपरासी | कुटपिट | कुश्मावती केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ९००/- | |||||||
| ५ | नवलपरासी | कुटपिट | केवली केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ११५०/- | |||||||
| ६ | नवलपरासी | अंशबण्डा | राजाराम केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. १२,८५०/- | |||||||
| ७ | नवलपरासी | अंशबण्डा | ठगनी केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. १५,७२७/- | |||||||
| ८ | नवलपरासी | कुटपिट | अमरनाथ केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. ९००/- | |||||||
| ९ | नवलपरासी | कुटपिट | सोना केवट | पाल्हिनन्दन गा.पा. २ | मिति २०८०।०४।२८ गते ऐ. १२:५० बजे | रु. १,१५०/- | |||||||
| मिति २०८०।०४।२८ गते | |||||||||||||























