प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी गर्न नेताकार्यकर्तालाई इमेलमार्फत् सुझाव मागे

नवलपुर टुडे
२०७८ जेष्ठ ३ | बिहान ०८:०२ बजे

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ ढंगले पार्टी सञ्चालनको तयारी रहेको भन्दै इमेलमार्फत् सुझाव मागेका छन् । नेता/कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीका बारेमा नयाँ ढंगले अघि बढाउने सोच रहेकोले इमेल मार्फत सुझाव माग गरेको प्रचण्डले बताएका छन् ।
प्रचण्डले आइतबार आफ्नो फेसवुकमा सूचना राखेर सल्लाह तथा सुझाव भएमा पठाउन भन्दै इमेल ठेगाना समेत सार्वजनिक गरेका छन् । प्रचण्डलाई [email protected] मा इमेल पठाउन सकिने उनको सचिवालयले जनाकारी दिएको छ ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीले आगामी दिनमा विचार, राजनीतिक तथा संगठनात्मक संरचना लगायत कस्तो हुने भन्ने जिज्ञासा पनि इमेलमार्फत् सुझाव दिन सकिने नेताकार्यकर्तालाई उल्लेख गरेका छन् ।























