पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध

नवलपुर टुडे
२०८० साउन २७ | मध्यान्ह ०८:०४ बजे

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिकै शनिबार बेलुका करिब साढे ६ बजे पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
‘अविरल वर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई सडक पूर्ण रुपमा अवरुद्ध भएको छ,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिव विष्टले भने, ‘उक्त पहिरो हटाउनको लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छ्याउने काम भइरहेको छ ।’ उक्त पहिरोका कारण गन्तव्यतर्फ जाँदै गरेका यात्रुहरुले सकस झेल्नुपरेको छ ।


















