अर्थ, लुम्बिनी प्रदेश

ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वार गर्न ७ करोड रुपैयाँ दिने

नवलपुर टुडे
२०८० साउन २७ | बिहान १०:०४ बजे

काठमाडौँ । केही दिनअघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वारका लागि ७ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार बसेको विकास कोषको सचिवालय बैठकमा उनले उक्त रकम सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्। सचिवालयका अनुसार विकास कोषको आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा नेपाल सरकारको सहयोगबिना दाताहरुको सहयोगमा मायादेवी मन्दिर जीर्णोद्वार गर्न प्रस्ताव पेश गरिने छ।

उक्त प्रस्ताव स्वीकृत भएपश्चात सुरुवाती कोष स्थापनाका लागि उपाध्यक्ष लामाले ७ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको कोषले जानकारी दिएको छ। यस्तै, आजको बैठकले आगामी कार्यकारिणी समिति बैठकमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्नेबारे प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

लामा कोषको उपाध्यक्ष नियुक्त भएपछि चौतर्फी विरोध भएको थियो। विवादित छविका लामा दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी, बैंकको लकरमा गोली राखेकोलगायतका विभिन्न मुद्दामा पटक–पटक पक्राउ परेका थिए।

लुम्बिनी विकास कोष सचिवालय बैठकका निर्णयः

Document 8 page 0001

कमेन्टहरु