तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीमा लाखौ मूल्य बराबरको अबैध सामान बरामद

नवलपुर टुडे
२०८० साउन २६ | मध्यान्ह ०८:०४ बजे

नवलपरासी, साउन २६ । पश्चिम नवलपरासीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल र भन्सार कार्यालयका कर्मचारीको संयुक्त टोलीले छापा मार्दा लाखौ मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ ।

बिशेष सूचनाको आधारमा सो संयुक्त टोलीले बुधवार राती नेपाल भारतको सिमाक्षेत्रमा रहेको सरावल गाउँपालिका- ७ भुजहवाका गाउँमा छापा मार्दा ठुलो मात्रामा चामल र केराउ फेला पारेको हो ।

सरावल गाउँपालिका- ७ भुजहवास्थित छोटु, सुरेश र बचनको घर नजिकै रहेको गोदामबाट ३ सय ५४ बोरा चामल र १ सय ३० बोरा केराउ बरामद गरेको हो ।

बुधबार पनि पाल्हिनन्दनस्थितबाट पनि एक लाख बराबरको अबैध कपडा सशस्त्र प्रहरी नेपाल हरपुरले बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवंम प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

बरामद सामान आबश्यक कारबाहीका लागि भन्सार कार्यालय महेसपुर पठाएको पाण्डेयले बताए ।

कमेन्टहरु