लुम्बिनी प्रदेश

रुपन्देहीको तिलोत्तमा व्यवसाय दर्ताको अवस्था अनुगमन गर्न वडालाई निर्देशन

नवलपुर टुडे
२०८० साउन २६ | मध्यान्ह ०६:०४ बजे

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो वडाभित्र सञ्चालनमा रहेका व्यापार–व्यवसायको अनुगमन गर्न वडा कार्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले व्यापार–व्यवसायको अनुगमन गरेर अनिवार्य दर्ता प्रक्रियामा ल्याउन निर्देशन दिएको बताइको छ । व्यवसायीहरुले कुनैपनि व्यवसाय सञ्चालन गर्नुअघि अनिवार्य वडा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान छ । तर, अधिकांश व्यवसायीले आफ्नो व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएपछि नगरपालिकाले वडा कार्यालयलाई अनुगमनका लागि पत्राचार गरेको हो ।

नगरपालिकाले भनिएको छ, ‘तिलोत्तमा नगरपालिका क्षेत्रभित्र व्यवसाय गर्ने व्यवसायीहरुले नगरपालिकाको सम्बन्धित वडा कार्यालयमा व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने प्रावधान रही आएकाले सम्बन्धित व्यवसायीहरुले आ–आफ्नो वडामा व्यवसाय दर्ता गरे–नगरेको अनुगमन गरी दर्ता प्रक्रियामा ल्याउन आवश्यक पहल गर्नुहुन आदेशानुसार अनुरोध छ ।’

 

कमेन्टहरु