लुम्बिनी प्रदेश

तिलोत्तमाको शंकरनगर सामुदायिक वनमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला

नवलपुर टुडे
२०८० साउन २६ | मध्यान्ह ०५:०४ बजे

बुटवल, साउन २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर सामुदायिक वनमा एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

पाल्पाको मत्स्याम स्थायी घर भई हाल बुटवल उपमहानगरपालिका – १७ रानिजंग बस्दै आएका ४५ वर्षीय बाबुराम ठडराई(सार्की) आफ्नै सर्टले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक ठडराईको दुई वटा श्रीमती छन् । जेठी श्रीमती तर्फ तीन जना छोरी र कान्छी श्रीमतीबाट एक ५ वर्षको एक छोरा रहेको मृतकका ज्वाइँ राजकुमार नेपालीले बताए ।

बाबुरामको शव स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र परिवारको रोहवरमा मुचुल्का उठाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने तयारी गरिरहेको छ । उनको मृत्युको कारण भने अझै खुलेको छैन ।

कमेन्टहरु