लुम्बिनी प्रदेश

कपिलवस्तुको विजयनगरमा खानेपानी तथा सरसफाईबारे वडा स्तरीय अन्तरक्रिया कार्यक्रम

धर्मेन्द्र कुमार कुर्मी
२०८० साउन २६ | बिहान ०८:०४ बजे

कपिलवस्तु, साउन २६ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं. ७ ले बृहत छलफल कार्यक्रम गरेकाे छ । वडाले आफ्नो टाेल बस्तीहरुलाई स्वच्छ, सफा तथा व्यवस्थापन गर्नका लागि बृहत् रुपले सर्वपक्षीय भेला गरि एक कार्यक्रम गरेकाे हो ।

सार्वजनिक बाटाे कब्जा तथा अतिक्रमण गरेकालाई वडाबाट कारबाही गरि बाटाे तथा नालि व्यवस्थापन र शाैचालय नियमित प्रयाेग गर्ने लाैटनराम मा.वि का विद्यार्थीहरुले वडाअन्तर्गत याे सडक छेउमा वृक्षारोपण गर्ने र हरेक शुक्रबार अतिरिक्त क्रियाकलापमा आफुले लगाएकाे बिरुवाकाे हेरचाह गर्ने, मदिरा पसल व्यवस्थापन तथा नियम कानुन बमोजिम संचालन गर्नुपर्नेबारे वृहत् छलफल गरिएकाे छ ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि ईप्रका गणेशपुरका प्रमुख, वडा सदस्यहरु, मदरसाका प्रतिनिधि, स्कुलका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख तथा अन्य समाजसेवीहरु उपस्थिति रहेकाे र वडा अध्यक्ष दिनेश कुमार चाैधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कमेन्टहरु