कानुनमन्त्री धनराज गुरुङ अस्पताल भर्ना

नवलपुर टुडे
२०८० साउन २५ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन २५ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । बिहीबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि गुरुङ मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीकाअनुसार उनलाई ब्लड प्रेसर लो भएको थियो । ‘ब्लड प्रेसर लो हुँदा स्वास्थ्यमा समस्या भएको हो । अहिले अस्पतालले अब्जरबेसनमा राखेको छ । चेकअफ भइरहेको छ,’ केसीले भने ।
स्वास्थ्य अवस्था भने सामान्य रहेको केसीले बताए ।























