अपराध, मधेश प्रदेश

सिरहामा मिटरब्याज कारोबारी सुजाता साह पक्राउ

नवलपुर टुडे
२०८० साउन २५ | बिहान १०:०४ बजे

सिरहा । सिरहामा मिटरब्याज कारोबारी एक जना मिटरब्याजी पक्राउ परेकी छन् ।

मिर्चैया नगरपालिका ६ की ३५ बर्सिया मिटरब्याजी सुजाता साहलाई प्रहरीले पक्राउ पक्राउ गरेको हो । बुधबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । उनका अनुसार ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धी मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ प्रहरी उपरीक्षक लिम्बुले जनाएको छ । साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौँ उजुरी छ । मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन् ।

 

कमेन्टहरु