शिक्षा

कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातक तह प्रथम वर्षको भर्ना

नवलपुर टुडे
२०८० साउन २५ | बिहान ०९:०४ बजे

काठमाडौं, साउन २५ । त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खुलाएको छ । त्रिविले एक सूचना जारी गर्दै शैक्षिक वर्षै २०८०/०८१ का लागि नयाँ विद्यार्थी भर्ना खुलाएको हो ।

त्रिविले भर्नाका लागि आवेदन फारम साउन २८ देखि भदौ मसान्तसम्म बुझाउनु पर्ने जनाएको छ । प्रवेश परीक्षा भने डिनको कार्यालयले निर्धारण गरेपछि हुने भनिएको छ । यस्तै कक्षा सञ्चालन मंसिर ५ गतेदेखि हुने त्रिविले जनाएको छ ।

आवेदन दिँदा फारमसँगै हालसालै खिचेको फोटो र ट्रान्सक्रिप्ट तथा चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि बुझाउन भनिएको छ ।

photo 2023 08 10 09 17 56

कमेन्टहरु