लुम्बिनी प्रदेश

कपिलवस्तुमा रात्री बसको ठक्करबाट १० गाई-गोरुको मृत्यु, ४ वटा घाइते

धर्मेन्द्र कुमार कुर्मी
२०८० साउन २३ | मध्यान्ह ०२:०४ बजे

कपिलवस्तु, साउन २३ । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा रात्री बसले ठक्कर दिँदा १० वटा गाईगोरुको मृत्यु भएको छ । बाणगंगाको खारखानी क्षेत्रभन्दा करिव २ सय मिटर पश्चिमतर्फ बुद्धभूमी – २ पानिधारामा बसले ठक्कर दिँदा १० वटा गाईगोरुको मृत्यु भएको हो ।

दाङबाट काठमाडौ जाँदै गरेको बा.०१- ००६ ख ५१७१ नम्बरको रात्रीकालिन बसले राजमार्गस्थित पानिधारा जगंलमा राती करिव १२ बजेको समयमा ती चौपायालाई ठक्कर दिएको थियो ।

५ गाई र ५ गोरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मिन बहादुर घलेले जानकारी दिए । पानी परेको र बस अत्याधिक तिब्र गतिमा रहेकाले यति ठुलो क्षती भएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

अन्य ४ गोरु भने सामान्य घाइते भएका छन् । अहिले बस र चालकलाई ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेले नियन्त्ररणमा लिई ‘पशुपन्क्षी सम्बन्धी कसुर’ मा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

कमेन्टहरु