स्वास्थ्य

डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाइने

नवलपुर टुडे
२०८० साउन २३ | मध्यान्ह १२:०४ बजे

विराटनगर, साउन २३ । मोरङको विराटनगर महानगरपालिकाभित्रका स्वास्थ्य संस्थाले डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । सोमबार महानगर र सरोकारवालाको बैठकबाट डेंगीको परीक्षण शुल्क तोकिएको हो ।

किटमार्फत डेंगी परीक्षण गर्दा स्वास्थ्य संस्थाले जथाभावी शुल्क लिने गरेको गुनासो आएपछि महानगरले सरोकारवालासित बैठक राखेको थियो । विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाले किटबाट डेंगी परीक्षण गर्दा ६०० रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरिएको महानगरका स्वास्थ्य महाशाखाका प्रमुख हैदर अलीले बताए ।

“यस्तो असहज अवस्थामा धेरै कमाउनेभन्दा कसरी हुन्छ जनतालाई सेवा दिनुपर्छ । जनतालाई सेवा प्रदान गर्ने यो एउटा सुनौलो अवसर पनि हो ।” महानगर प्रमुख नागेश कोइरालाले भने “यस्तो परिस्थितिमा कसैले जनताको अहितमा हुने गरी काम गरेमा कारबाहीका लागि कडा कदम चालिनेछ ।”

कमेन्टहरु