कपनको निलो पुल र सामाखुसीको रेडन कलेज क्षेत्र डुबान

नवलपुर टुडे
२०८० साउन २३ | बिहान ०७:०४ बजे

काठमाडौँ । अविरल वर्षाको कारण काठमाडौँको कपन स्थित निलो पुल र सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ ।
काठमाडौँको मुलपानी क्षेत्रका घरहरूमा पनि भल पसेर डुबानमा परेको छ । सामाखुसीको रेडन कलेज आसपासका बस्ती, कपनको निलो पुल र मुलपानी क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । सामाखुसी स्थित प्रहरीको महालक्ष्मी फ्युल सेन्टर आसपासको बस्तीमा पनि पानी पसेको छ ।























