बाढी/पहिरो

विष्णुमती र धोविखोलामा जल सतह बढ्यो, ११ बजे सम्म उच्च सतर्कता अपनाउन आग्रह

नवलपुर टुडे
२०८० साउन २३ | बिहान ०७:०४ बजे

काठमाडौं उपत्यकासहित देशभर परेको अविरल बर्षाले नदि तथा खोलाहरूमा जलसतह बढेको छ। काठमाडौं उपत्यकाको बुढानिलकण्ठ,सुन्दरीजल,नगरकोट र आसपासमा  गएरातीदेखि परेको भारी बर्षाले आसपासका नदीनालाहरूको जलसतह बढेकोले सतकर्ता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

विष्णुमती,धोविखोला,मनोहरा लगायतमा जलसतह सतर्कता बिन्दुमा पुगेकोले नदी  तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ 

कमेन्टहरु