लुम्बिनी प्रदेश

कपिलवस्तुमा राष्ट्रिय युवा संघ नेपालको अगुवा कार्यकर्ता भेला सम्पन्न

नवलपुर टुडे
२०८० साउन २२ | बिहान ०७:०४ बजे

नन्द किशोर कुर्मी (लालु)
कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका जीतपुर- ४ मा राष्ट्रिय युवा संघ नेपालको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ।

कपिलवस्तु जिल्ला कमिटीको आयाेजनामा जिल्ला स्तरीय अगुवा युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम एवम् प्रथम बैठक कमिटीका संयाेजक क. कमल क्षेत्रीकाे अध्यक्षतामा एवम् नेकप एमाले पाेलिट-ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय ईन्चार्ज क.महेश बस्नेतकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा नेपाली कांग्रेस र माअेावादी पार्टी परित्याग गरी नेकप एमालेमा २५ जना प्रवेश गरेको प्रमुख अतिथी महेश बस्नेतले बताए ।

कार्यक्रममा अध्यक्ष कमल क्षेत्री, प्रमुख अतिथि महेश बस्नेत, विशिष्ट अतिथि बलराम अधिकारी, प्रदेश संयाेजक प्रितम पौडेल लगायत युवा कमिटीका सदस्यहरुको उपस्थित रहेको थियो।

कमेन्टहरु